वि.सं:
नेपाल संवत: ११४६ चिल्लाथ्व एकादशी - ११
प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्वन्धमा व्यवस्था गर्न बनेको ऐन २०७८ को दफा नं. 2 को परिभाषामा विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनअनुसार "प्रदेश लेखा नियन्त्रक कार्यालय" भन्नाले प्रदेश संचित कोषको संचालन गर्ने, प्रदेशको आर्थिक प्रशासन संचालन गर्न निर्देशन दिने, प्रदेश लेखा तयार गर्ने वा गराउने प्रदेश मातहतका कार्यालयको आन्तरिक लेखा परीक्षण गर्ने वा गराउने तथा प्रदेशको एकीकृत वित्तीय विवरण तयार गरी अर्थ मत्रालय, महालेखा नियन्त्रक कार्यालय र महालेखा परीक्षकको कार्यालय समक्ष पेश गर्न तोकिएको कार्यालय सम्झनु पर्छ ।