गण्डकी प्रदेश सरकार
आर्थिक मामिला मन्त्रालय

प्रदेश लेखा नियन्त्रक कार्यालय

गण्डकी, पोखरा

कार्य विवरण

  • 1. प्रशासन शाखा
    • देश लेखा नियन्त्रक कार्यालयमा पदस्थापना भएका कर्मचारीलार्इ कार्यविवरण सहित जिम्मेवारी तोक्ने,
    • प्रदेश लेखा नियन्त्रक कार्यालयबाट सरुवा भएका कर्मचारीहरूलार्इ रमाना दिने,
    • प्रदेश लेखा नियन्त्रक कार्यालयमा कार्यरत तथा काजमा रहेका कर्मचारीहरुको व्यक्तिगत विवरण अद्यावधिक गर्ने,
    • प्रदेश लेखा नियन्त्रक कार्यालयमा कार्यरत कमर्चारीको हाजिरी र विदा तथा काजको रेकर्ड राख्ने,
    • सेमिनार, गोष्ठी तथा बैठकको लागी प्राप्त पत्रको आधारमा मनोनयन गर्ने,
    • कर्मचारीको अर्धवार्षिक तथा वार्षिक कार्य सम्पादन मुल्यांकन फारामको बितरण तथा सकंलन गर्ने,
    • सम्पत्ति विवरणको फाराम संकलन तथा निजामती किताबखानामा पठार्इ रेकर्ड राख्ने,
    • कार्यालय सञ्चालन सम्बन्धी मालसामान खरिद तथा भुक्तानी व्यवस्था गर्ने,
    • प्रदेश लेखा नियन्त्रक कार्यालयको जिन्सी निरिक्षण गर्ने गराउने,
    • नियमानुसार पुरानो कागजात धुल्याउने, लिलाम बिक्री गर्ने व्यवस्था मिलाउने,
    • कार्यालयको लागि आवश्यक भौतिक तथा जिन्सी सामान र सुविधाको व्यवस्थापन गर्ने,
    • कार्यालयको सुरक्षा व्यवस्था, सफाई, खानेपानी तथा उत्सब समारोह प्रबन्ध, बगैंचा व्यवस्थापन आदि कार्य गर्ने,
    • प्रदेश लेखा नियन्त्रक कार्यालयमा हुने अन्य आन्तरिक वैठकहरु व्यवस्थापन गर्ने
    • प्रदेश लेखा नियन्त्रक कार्यालयको शाखागत तथा पदगत कार्यविवण तयार गरी स्वीकृत गराउने र अद्यावधिक गर्ने,
    • प्रदेश अन्तर्गतका प्रत्येक कार्यालयको जिम्मामा रहेको घर, जग्गा, सवारी साधन लगायत जिन्सी मालसामानको लगत सहितको प्रतिवेदन संकलन गरी एकीकृत जिन्सी प्रतिवेदन तयार गरी मुख्य मन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र आर्थिक मामिला तथा योजना मन्त्रालयमा पठाउने ।
    • आर्थिक प्रशासन सञ्चालन गर्न प्रदेशमा लेखा सम्बन्धी जनशक्तिको परिचालन र व्यवस्थापन गर्ने।
    • प्रदेश लेखा नियन्त्रक कार्यालयको आर्थिक प्रशासनको सञ्चालन गर्ने ,कारोवारको लेखा राख्ने र सो को अभिलेखको व्यवस्थापन गर्ने,
    • सबै प्रकारका कारोवारको निर्धारित ढाँचामा मासिक तथा बार्षिक आर्थिक विवरण तयार गर्ने,
    • सम्बद्ध निकायमा आवधिक, नियमित तथा पटके प्रतिवेदन गर्ने
    • प्रदेश लेखा नियन्त्रक कार्यालयको आन्तरिक तथा अन्तिम लेखापरीक्षण गराउने,बेरुजु देखिएमा फर्छ्यौट गर्ने,
    • प्रदेश सञ्चित कोष सञ्चालन सँग सम्बन्धित कार्यविधि, निर्देशिका तयार गर्न समन्वय गर्ने ।
    • प्रदेश लेखा नियन्त्रक कार्यालयको सञ्चालन सँग सम्बन्धित अन्य आवश्यक कार्यहरू गर्ने ।
    • विभिन्न कार्यालयमा यस कार्यालयबाट पठाउने प्रतिनिधि तोक्ने ।
    • प्रदेश लेखा नियन्त्रक कार्यालय तथा अन्तर्गतका कार्यालयको वार्षिक कार्यक्रम तथा बजेट तयार गर्ने ।
    • गुनासो सुनुवाई सम्बन्धी कार्य ।
  • 2. कोष प्रशासन तथा बजेट कार्यान्वयन शाखा
    कोष प्रशासन
    • प्रदेश सञ्चित कोषको सञ्चालन गर्ने
    • प्रदेश सञ्चित कोषको लेखा अद्यावधिक रुपमा राख्ने र सो प्रयोजनको लागि तथ्यांक शाखासँग समन्वय गर्ने ।
    • प्रदेश सञ्चित कोषको सञ्चालनका लागि आवश्यक प्रक्रिया तथा कार्यविधिको विकास गर्ने,
    • सञ्चित कोषका सम्बद्ध खाताहरू आवश्यकता अनुसार खोली सञ्चालन गर्नेः
    • वैदेशिक सहायता प्राप्ति सम्बन्धी सम्झौताका मस्यौदामा सम्बन्धित निकाय र आर्थिक मामिला तथा योजना मन्त्रालयबाट राय माग भएमा कोष व्यवस्थापन सम्बन्धमा आवश्यक राय दिने,
    • सञ्चित कोषको सञ्चालनका लागि नेपाल राष्ट्र बैंकसँग समन्वय गर्ने,
    • विशेष प्रयोजन वा विशेष अवस्थामा निकासा लिने भन्दा भिन्न जिल्लामा वा सरकारी अड्डाखाना (स/अ) समूह भन्दा भिन्न समूहको बैंक खाता वा प्रदेशको सरकारी कारोबार गर्न इजाजत प्राप्त नभएको बैंकमा खाता खोल्न परेमा स्वीकृति दिने,
    • प्रदेश सरकारी कारोबारको लागि नेपाल राष्ट्र बैंक वा नेपाल राष्ट्र बैंकले तोकेको बैंकलाई सरकारी कारोबार निर्देशिका तयार गर्न परामर्श दिने,
    • राजश्व, शोधभर्ना प्राप्त रकम, बेरूजु दाखिला लगायतका रकम सञ्चित कोष खातामा ट्रान्सफर गर्ने,
    • निकासा भर्इ खर्च लेखिएको रकम सञ्चित कोष खाताबाट खर्च लेख्ने,
    • प्रदेश सञ्चित कोषका अतिरिक्त विनियोजन, राजस्व, धरौटी, प्रदेश सरकारलाई नेपाल सरकारबाट प्राप्त हुने अनुदान, ऋण सहायता, लगानी र अन्य कारोबारको एकीकृत लेखा तयार गरी राख्ने ।
    • स्थानीय तहभित्रका कार्यालयहरुको संघीय र प्रदेश सरकारबाट प्राप्त भएको अनुदान, राजस्व बाँडफाँडबाट प्राप्त रकम, आन्तरिक आय तथा ऋण र अनुदान समेतको विवरण देखिने गरी स्थानीय तहले तयार गरेको एकीकृत विवरण संकलन गर्ने ।
    • आफ्नो कार्यक्षेत्रभित्रका कार्यालयहरुको संघीय र प्रदेश सरकारबाट प्राप्त भएको अनुदान, राजस्व बाँडफाँडबाट प्राप्त रकम, आन्तरिक आय तथा ऋण र अनुदान समेतको विवरण र आफ्नो क्षेत्र भित्रका स्थानीय तहको आर्थिक कारोबारको छुट्टाछुट्टै र एकीकृत विवरण तयार गरी महालेखा नियन्त्रक कार्यालयमा पठाउने
    • सञ्चित कोषको वार्षिक विवरण तयार गरी महालेखा नियन्त्रक कार्यालय तथा महालेखा परीक्षक कार्यालयमा पठाउने, लेखापरीक्षण गराउने र प्राप्त सुझाव कार्यान्वयन गर्ने गराउने,
    • एकल खाता कोष प्रणाली, राजस्व व्यवस्थापन सूचना प्रणाली तथा अन्य कोष सञ्चालन सम्बन्धी प्रणाली सञ्चालनमा नीतिगत समन्वयका कार्यहरू गर्ने,
    • कोष प्रशासनका लागि आवश्यक प्रणाली विकास गर्ने गराउने,
    • एकल खाता कोष सम्वन्धि नीति, निर्देशिका परिमार्जन गरी समयानुकुल बनाउन महालेखा नियन्त्रक कार्यालयमा समन्वय गर्ने